काठमाडौं- फेसबुक आइडी चोरेर पेज बनाएर सार्वजनिक बेइज्जती गरेको दाबी गर्दै कारबाहीका लागि प्रहरीमा पुगेका 'तीन सुन्दरी' को झगडा प्रहरी दबाबमा सहमतिमा टुंगिएको छ।फेसबुक आइडी चोरेर दुरुपयोग गरेको आरोपी रक्षा थापाविरुद्ध पूर्व मिस नेपाल माल्भिका सुब्बा र मोडल समृद्धि राईले सोमबार महानगरीय प्रहरी अपराध महाशाखामा कारबाही माग गर्दै उजुरी दिए पनि प्रहरी अनुसन्धान र कारबाहीको साटो मिलापत्रमै बढी इच्छुक बनेपछि मंगलबार बेलुका दुवै पक्षबीच सहमति भयो।
राईले आफ्नो फेसबुकको एकाउन्ट ह्याक गरेरे नेपाल ब्युटी क्विन कन्फेसनको पेज बनाएर रक्षाले मानहानी गरेको दाबी गर्दै मंगलबार महाशाखामा उजुरी दिएकी थिइन्।
सोही पेजमा आफ्नाबारे जथाभावी सामग्री राखेर चरित्रहत्या गरेको दाबी गर्दै सुब्बाले पनि रक्षामाथि कारबाही माग गर्दै महाशाखामै उजुरी दिएकी थिइन्।
सुब्बाका अनुसार समृद्धिका नाममा आएको आग्रह स्वीकार गर्दै पेज लाइक गरेपछि पेजमा अश्लील सामग्री लेखिएको थियो। 'समृद्धिलाई कारबाही गर्न प्रहरीमा उजुरी गर्छु भनेको थिएँ,' उनले भनिन्, 'पछि त उनको एकाउन्ट नै ह्याक भएको थाहा भयो।'
फेसबुक पेजमा यी दुवैबारे मात्रै हैन सहाना बज्राचार्य, निशा अधिकारी, संयुक्ता तिम्सिना, सुमी मोक्तान, सृष्टि श्रेष्ठ, सुगारिका केसी, नग्मा श्रेष्ठ, प्रीति सिटौला, प्रियंका कार्की, जेनिशा मोत्तान, करिश्मा मानन्धर, रेखा थापा, खुस्बू ओली, आस्था पोखरेल र मिस नेपाल इशानी श्रेष्ठलगायतबारे अश्लील सामग्री राखिएको थियो। -sc-NU
'अभिनेत्री प्रियंका कार्की र मैले कुराकानी गरेर चरित्र हत्या गर्ने प्रयास गरियो भनेर किटानी जारी दियौं। ल्यापटपमा अपडेट गर्दा रक्षाको नामबाट प्रयोग भएको पृष्टि भयो। त्यसपछि उनी सोमबार दिनभर फरार भएर मंगलबार दिउँसो प्रहरीमा आइपुगेकी थिइन्,' माल्भिकाले भनिन्।
थापाले आफू चीनमा भएको बेला वैशाख २८ गते आफ्नो फेसबुक ह्याक गरेर आफ्नो नाममा नेपाल ब्युटी क्विन कन्फेसनको एडिमन बनाएर फेसबुक सञ्जालमा रहेका साथीलाई पेज लाइकको आग्रह पठाएको र पेजमा जथाभावी राखेर मानहानी गरेको राईको दाबी थियो। 'पासवर्ड थिच्दा गलत देखाएपछि इमेलमार्फत फेसबुक ह्याक भएको थाहा पाएँ', मोडल राईले भनिन्।
इमेलमार्फत आएको आइपी ठेगाना र ल्यापटपका आधारमा सो काम रक्षाबाट भएको खुलेको दुवैको दाबी थियो। फेसबुक ह्याक गर्न प्रयोग भएको आइपीको ठेगाना चुनदेवी रहेको छ, जुन रक्षाले प्रयोग गरेको देखिएको थियो।
प्रहरीले लगेको ल्यापटपको हिस्ट्री र आइपी ठेगानाबाट बदमासी गर्नेको पहिचान भए पनि प्रहरीले रक्षामाथि अनुसन्धान नै गरेन। आरोपी रक्षा नेपाल प्रहरीका बहालवाला एसएसपीकी छोरी हुन्। पदीय हैसियतको दुरुपयोग गर्दै मंगलबार नै प्रहरीले अनुसन्धान र कारबाहीको साटो सहमति गर्न सुझाएको पीडितको दाबी छ।
रक्षासँग कुरा गर्न राई र सुब्बा मंगलबार दिनभर प्रहरी कार्यालयमा बसे पनि उनी आइनन्। प्रहरीले थप कारबाहीको साटो उनीहरुलाई मंगलबार आउनू भन्दै फर्काएको थियो। मंगलबार ११ बजे दुवै उजुरीकर्ता महाशाखा आए पनि रक्षा भने आइनन्। स्रोतका अनुसार रक्षाको परिवारले उनी विदेश जाने तयारीमा रहेको भन्दै प्रहरी कार्यालय आउन्न भनेका थिए। उनीहरुले प्रहरीलाई उजुरी निष्क्रिय बनाउनसमेत दबाब दिएका थिए।
पीडितले रक्षालाई कारवाही गर्न प्रहरीलाई पटकपटक आग्रह गरेपछि महाशाखाको प्रहरीको आग्रहमा उनकी आमा रेवती थापा महाशाखामा आएर 'मेरो छोरीको गल्ती छैन, फसाउन खोज्ने' भन्दै उजुरीकर्तालाई धम्क्याएकी थिइन्।
प्रत्यक्षदर्शीका अनुसार उजुरीकर्तालाई धम्क्याएपछि महाशाखा प्रमुख विजयलाल कायस्थ र रेवतीबीच भनाभन भएको थियो। आरोपीलाई प्रहरी कार्यालयमा नल्याउने हो भने कारबाही हुन्छ भन्दै कायस्थ बाहिरिएपछि रेवतीले फोन गरेर छोरीलाई महाशाखामा झिकाए पनि प्रहरीले अनुसन्धान भन्दा मिल्नै जोड दिएको थियो।
मंगलबार साँझसम्म महाशाखाका साइबर क्राइम विभागका पशुपति राई र प्रजित केसीसहितको प्रहरी टोली मुद्दा मिलाउनै व्यस्त थिए। प्राविधिक प्रमाण भए पनि रक्षाले सुरुमा आफूले केही नगरेको दाबी गरेकी थिइन्।
तत्काल माफी नमागे मुद्दा लम्बिन्छ भन्दै रेवतीले छोरीलाई माफी माग्न लगाएकी थिइन्। प्रहरीले फेसबुक पेज हटाइदिने आश्वासन दिँदै उजुरीकर्तालाई मिल्न दबाब दिएपछि 'अब यस्तो गर्दिन' भन्ने कागजमा रक्षालाई कागज गराएर प्रहरीले आमासँगै पठाए।
महाशाखाका डिएसपी सुरेन्द्र मैनालीले उजुरी आएपछि दुवै पक्षलाई छलफलमा राख्दा सहमति भएको दाबी गरे। प्रहरीले छलफलमा राख्ने कामबाहेक अन्य केही नगरेको उनको दाबी थियो।