केटी मागेर जन्तीसहित जग्गेमा बस्न पुगेका एकजना बेहुलाले सोमबार राजधानीमा बेहुली वरिपरि जग्गेमा तीन फन्का घुमिसकेपछि बिहे नगर्ने निर्णय गरेका छन् । बेहुलाले जग्गेमा बसेकै बेला अकस्मात् मन परिवर्तन गरी बिहे नगर्ने अडान लिएपछि बेहुली पक्षले बेहुलाको आधा सम्पति क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्।जन्ती लिएर मण्डप पुगेर जग्गेमा समेत बसिसकेका अनिल चौँलागाइले स्वयंवरसमेत गरिसकेपछि अचानक मन परिवर्तन गरेका हुन्।
आफूलाई इच्छै नभए पनि करकापले विवाह गर्न बाध्य पारिएकोले अस्वीकार गरेको उनको भनाई थियो। सञ्चारकर्मीहरुले उनलाई अर्कै केटीसँग लभ परेकोले पो हो कि भनी प्रश्न गर्दा उनले त्यसो नभएको दावी गरे।
बेहुली पक्षले बेहुलाको विरोधमा प्रहरीमा उजुरी दर्ता गरेको छ।