जिल्ला प्रहरी कार्यालय दाङले दुई महिना लगाएर ३ सयभन्दा बढी अबैध हतियार संकलन गरेको जनाएको छ । कार्यालयले अवैध हतियार बुझाउन दोस्रोपटक सूचना जारी गरी थपेको म्यादभित्र ती हतियार सकङ्लन भएका हुन्् ।कार्यालय परिसरमा आज आयोजित पत्रकारसम्मेलनमा दाङका प्रहरी प्रमुख लोकेन्द्रबहादुर मल्लले सबैभन्दा बढी देउखुरी क्षेत्रको गढवाबाट एक सय ४१ थान हतियार सकङ्लन भएको जानकारी दिनुभयो ।
गृह मन्त्रालयले अवैध हातहतियार बुझाउन औपचारिक अनुरोध गरेको एक महिना बितिसक्दा दाङमा भने कसैले हतियार बुझाएका थिएन तर दोस्रोपटक पुनः म्याद थप गरी हतियार बुझाउन अनुरोध गरेपछि मात्र सम्बन्धित व्यक्तिहरुले हतियार बुझाएका हुन् ।
पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले अवैध हतियार सङ्कलनबाट जिल्लामा शान्ति र सुव्यवस्था कायम गर्ने महत्वपूर्ण सघाउ पुग्ने बताउनुभयो ।sc-nk