दमाई टोलमा भएको आगलागीमा परी तीन जनाको मृत्यु

   
fireकाठमाडौं,बैशाख २३ । हनुमानढोका पछाडिस्थित दमाई टोलमा आज साँझ भएको आगलागीमा परी तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा दोलखा जिल्ला सुनखानी घरभई हाल दमाई टोलमा बस्ने वर्ष ७ का राजीव सिवाकोटी, वर्ष ३ का सञ्जीव सिवाकोटी र वर्ष ६५ का देवीकला मगर रहेको महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता हेमन्तबहादुर पालले जानकारी दिनुभयो ।
स्थानीय हनुमानदास डङ्गोलको घरमा स्टोभ पड्केर सो आगलागी भएको बताइएको छ । आज साँझ ६.३० बजे सुरु भएको आगलागी ८.०० बजे नियन्त्रणमा आएको थियो ।प्रवक्ता पालका अनुसार घटनामा धनमालको क्षतिबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन ।NK

Share this

Related Posts

Previous
Next Post »

Love at First Sight