नेपाल र एमसिसीबीचको क्रिकेट लर्डस क्रिकेट मैदानमा हुने


आउंदो जुलाई महिनाको १९ तारिखमा नेपालको राष्ट्रिय क्रिकेट टोली र बेलायतको प्रतिष्ठित एमसिसी क्लबबीच विश्वविख्यात लर्डस क्रिकेट मैदानमा हुने मैत्रीपुर्ण खेल सफल बनाउन बेलायतको नेपाली समुदायले पनि पहल थालेको छ ।
बेलायत र नेपालबीचको कुटनीतिक समबन्ध स्थापनाको दुई सय वर्ष पूरा भएको खुशियालीमा आयोजना गरिएको यो ऐतिहासिक खेलमा नेपालीहरुको सहभागिता बढाउने उद्धेश्यले लण्डनस्थित नेपाली दूतावासको संयोजनमा विभिन्न समितिहरु पनि गठन गरिएको छ ।

  खेल हेर्न वयस्कका लागि १० पाउण्ड र ६५ वर्ष माथिकालाई ५ पाउण्डको टिकट लाग्नेछ भने १६ वर्ष मुनिकालाई निशुल्क हुनेछ । त्यस्तै आफना परिवार तथा साथीभाईसंग संगै छुट्टै बसेर हेर्न चाहने दर्शकका लागि प्राइभेट बक्स समेत बुक गर्न सकिनेछ । जसअनुसार १८ जना अट्ने सिंगल बक्सको लागि २ सय पाउण्ड तथा ३६ जना अट्ने डबल बक्सको लागि २ सय ५० पाउण्ड लाग्नेछ । त्यसमाथि भिएटी र हरेक दर्शकको लागि १० पाउण्डको दरले टिकट शुल्क पनि लाग्नेछ ।

खेलबाट संकलन हुने रकम गोर्खा वेलफेयर ट्रस्ट तथा नेपाल क्रिकेट संघ क्यानलाई आधाआधा प्रदान गरिनेछ ।

Click Here to Buy Tickets Online

Share this

Related Posts

Previous
Next Post »

Love at First Sight