घम्सा घम्सी र भनाभन बीच दलदर्ता प्रक्रिया (पहिलो हुने विवाद)

   
KTM_Dal_Dartaनिर्वाचन आयोगले क्रमसंख्या पछि निर्धारण गर्ने निर्णय गरेपछि पहिलो हुने बारेमा दलहरुवीच उत्पन्न विवाद समाधान भएको छ भने दल दर्ता प्रक्रिया सुरु भएको छ ।
बिहान ६ बजेदेखिनै दलदर्ताका लागि निर्वाचन आयोग पुगेर लाईनमा बसेका नेकपा एमाले र एकीकृत माओवादीका नेताहरु एक नम्बरमा दर्ता गराउनका लागि अपरान्ह १२ सम्म विवाद गरेका थिए । विवादको क्रममा दुबै दलका कार्यकर्ताबीच हात हालाहाल समेत भएको थियो । निर्वाचन आयोगमा विहानदेखि को पहिला हुने भन्ने होडवाजीका कारण दलहरुबीच विवाद चुलिदा प्रहरी परिचालन समेत गरिएको थियो । खास गरी एकिकृत नेकपा माओवादी र नेकपा एमालेका बीचमा पहिलो दर्ता कसले गर्ने भन्ने विषयमा विवाद भएको थियो ।

Share this

Related Posts

Previous
Next Post »

Love at First Sight