१७ बैशाख, काठमाण्डौ । सरकारले ज्येष्ठ नागरिकको हकहितका लागि संविधान र ऐनकानुनमा विशेष व्यवस्था गरेपनि यो कार्यान्वयन हुन सकेको छैन । कतिपय ज्येष्ठ नागरिक घरपरिवारबाटै अपहेलित भैरहेका छन् भने राज्यले व्यवस्था गरेको सेवासुविधा पनि पाउन सकेका छैनन् । सरकारले व्यवस्था गरेको सेवा सुविधा नपाएको भन्दै ज्येष्ठ नागरिकहरु संगठित पनि भएका छन् । ‘

संविधानमा उल्लेख भैसकेको र सर्वोच्च अदालतले समेत कार्यान्वयन गर्न आदेश दिइसकेको अवस्थामा सरकारले कार्यान्वयन गर्न नसकेकोले हामी आन्दोलित भएका हौं’ ज्येष्ठ नागरिक संघर्ष समितिका संयोजक महाप्रसाद पराजुलीले भन्नुभयो-’निर्वाचन अगाडि हाम्रो मागलाई सम्बोधन नगरे आगामी निर्वाचनमा देशभरका ज्येष्ठ नागरिकले चुनाव बहिष्कार गर्नेछन् ।’ संविधान र ऐनकानुनमा गरिएको व्यवस्था कार्यान्वयन हुनुपर्ने ज्येष्ठ नागरिकको माग छ ।
अन्तरिम संविधानमा भएको व्यवस्था :
रोजगारी तथा सामाजिक सुरक्षा सम्बन्धी हकः
(१) प्रत्येक नागरिकलाई कानूनमा व्यवस्था भए बमोजिम रोजगारीको हक हुनेछ ।
(२) महिला, श्रमिक, वृद्ध, अपाङ्ग तथा अशक्त र असहाय नागरिकलाई कानूनमा व्यवस्था भए बमोजिम सामाजिक सुरक्षाको हक हुनेछ ।
(२) महिला, श्रमिक, वृद्ध, अपाङ्ग तथा अशक्त र असहाय नागरिकलाई कानूनमा व्यवस्था भए बमोजिम सामाजिक सुरक्षाको हक हुनेछ ।
राज्यका नीतिहरु :
(९) राज्यले एकल महिला, अनाथ, बालबालिका, असहाय, वृद्ध, अपाङ्ग, अशक्त र लोपोन्मुख जातिको संरक्षण र उन्नतिका लागि सामाजिक सुरक्षाको विशेष व्यवस्था गर्ने नीति अवलम्बन गर्नेछ ।
(१७) वृद्ध, अशक्त महिला तथा बेरोजगारलाई कानूनमा व्यवस्था गरी भत्ता दिने नीति अवलम्बन गर्नेछ ।
(९) राज्यले एकल महिला, अनाथ, बालबालिका, असहाय, वृद्ध, अपाङ्ग, अशक्त र लोपोन्मुख जातिको संरक्षण र उन्नतिका लागि सामाजिक सुरक्षाको विशेष व्यवस्था गर्ने नीति अवलम्बन गर्नेछ ।
(१७) वृद्ध, अशक्त महिला तथा बेरोजगारलाई कानूनमा व्यवस्था गरी भत्ता दिने नीति अवलम्बन गर्नेछ ।
ज्येष्ठ नागरिक सम्बन्धी ऐनमा भएको व्यवस्था
ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने :
(१) ज्येष्ठ नागरिकलाई आफ्नो आर्थिक हैसियत तथा इज्जत आमद अनुसार पालनपोषण तथा हेरचाह गर्नु परिवारको प्रत्येक सदस्यको कर्तव्य हुनेछ ।
(१) ज्येष्ठ नागरिकलाई आफ्नो आर्थिक हैसियत तथा इज्जत आमद अनुसार पालनपोषण तथा हेरचाह गर्नु परिवारको प्रत्येक सदस्यको कर्तव्य हुनेछ ।
(२) ज्येष्ठ नागरिकले आफ्नो अंश लिई परिवारबाट अलग बसेको वा बस्न चाहेको अवस्थामा बाहेक निजले चाहेको परिवारको सदस्यले आˆनो साथमा राखी पालनपोषण गर्नु
पर्नेछ ।
पर्नेछ ।
(३) कसैले ज्येष्ठ नागरिकको इच्छाविपरीत निजलाई परिवारबाट अलग राख्न वा अलग बस्न बाध्य गराउनु हुँदैन ।
(४) ज्येष्ठ नागरिक वा निजलाई पालनपोषण गर्ने परिवारको सदस्यको आर्थिक अवस्था कमजोर भएमा परिवारको अन्य सदस्यले त्यस्तो ज्येष्ठ नागरिकलाई आफूसँगै नराखेको भए तापनि पालनपोषण तथा हेरचाहको व्यवस्था गर्नु पर्नेछ ।
(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि ज्येष्ठ नागरिकको चल, अचल सम्पत्ति प्रयोग वा उपयोग गर्ने परिवारको कुनै सदस्य, नातेदार वा हकवालाले निजलाई आफूसँगै राखी पालनपोषण तथा हेरचाह गर्नु पर्नेछ ।
छूट र सुविधा :
(१) सार्वजनिक सवारी साधन, सार्वजनिक कार्य, स्वास्थ्य सेवा, धार्मिक तथा सार्वजनिकस्थलमा ज्येष्ठ नागरिकलाई आवश्यक सेवा, सुविधा र सहयोग प्रदान गर्नु गराउनु सबैको कर्तव्य हुनेछ ।
(२) नेपाल सरकारले सार्वजनिक सूचना प्रकाशन गरी तोकेको किसिमको सार्वजनिक सवारी साधनमा सम्बन्धित सवारी धनी वा सञ्चालकले ज्येष्ठ नागरिकको लागि कम्तीमा दुईवटा सीट सुरक्षित राख्नु पर्नेछ र निजलाई यात्रु भाडादरमा कम्तीमा पचास प्रतिशत छूट दिनु पर्नेछ ।
(३) स्वास्थ्य सेवा प्रदान गर्ने प्रत्येक संस्थाले ज्येष्ठ नागरिकलाई प्राथमिकता दिई स्वास्थ्य सेवा प्रदान गर्नु पर्नेछ ।
(४) नेपाल सरकारले तोकेको स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाले नेपाल सरकारले तोकेको संख्याका ज्येष्ठ नागरिकले त्यस्तो संस्थामा उपचार गराउँदा लाग्ने शुल्कमा कम्तीमा पचास प्रतिशत छूट दिनु पर्नेछ ।
(५) खानेपानी, बिजुली, टेलिफोन लगायत सार्वजनिक सेवा प्रदान गर्ने अन्य संस्थाले सेवा प्रदान गर्दा ज्येष्ठ नागरिकलाई प्राथमिकता दिनु पर्नेछ ।
(६) यस दफामा उल्लिखित छूट र सुविधाको अतिरिक्त नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी ज्येष्ठ नागरिकलाई समय समयमा अन्य छूट र सुविधा दिन सक्नेछ ।
यसरी ज्येष्ठ नागरिकको हक, हित र अधिकारबारे संविधान र ऐनकानुनले पर्याप्त व्यवस्था गरेपछि कार्यान्वयन हुन सकेको छैन । ‘संविधान र ऐनले गरेको व्यवस्था कार्यान्वयनको लागि सबैको सहयोग आवश्यक पर्छ’ समाज कल्याण मन्त्रालयका प्रवक्ता उपेन्द्रप्रसाद अधिकारीले अनलाइनखबरसित भन्नुभयो-’सरकार यसबारे सचेत छ ।’
sc-OK
sc-OK