चितवन, १७ वैशाख
बहुमूल्य धातु सुनचाँदीको खरिद–बिक्रीमा कालोबजारीको आरोप लागिरहेका बेला चितवनका व्यवसायीले बहादुरीका साथ ८५ प्रतिशत सुन कालोबजारबाट भित्रिएको भन्दै राज्यलाई चेतावनी दिए, “सक्छौ भने अनुसन्धान गरी कारबाही चलाऊ ।”
नारायणगढमा पत्रकार सम्मेलन नै गरेर उनीहरूले ‘राज्यले नै सुनमा कोटा प्रणाली लादेका कारण आफूहरू कालोबजारबाट सुन किन्न बाध्य भएको’ बताए । “सरकारले कोटा सिस्टम लादेर सुन कम दियो,” सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य अर्जुन रसाइलीले भने, “अभाव भएपछि कालोबजारी बढ्नु स्वाभाविकै हो ।” उनीहरूले प्रशासन कार्यालय पुगेर सरकारलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।
सुनचाँदी व्यवसायी संघ चितवनका अनुसार अहिले जिल्लामा कोटा प्रणालीबाट साताको दुई किलोमात्र सुन भित्रिन्छ तर माग ७ किलो छ । तैपनि व्यवसायीले ग्राहकलाई सुन बेचिरहेकै छन् । “अरु सुन कहाँबाट आयो त ?” पत्रकारको प्रश्नमा रसाइलीको सहज जवाफ थियो, “८५ प्रतिशत सुन ब्ल्याकमार्केट (कालोबजार)बाट आएको छ । यो कुरा सरकारलाई पनि थाहा छ ।”
संघका चितवन जिल्ला अध्यक्ष विपीन रामुदामु त सरकारले नै कालोबजारी गर्न व्यवसायीलाई उक्साएको आरोप लगाउँछन् । “सुन नदिनु भनेको कालोबजारी गर भन्नु नै हो,” उनले भने, “पर्याप्त सुन वैधानिक बाटोबाट आए त किन बाहिरबाट किन्नु ?”
अहिले सुनचाँदी व्यवसायीले खुलेआम सुन किन्ने व्यवस्था छैन । राज्यले देशभरका लागि दैनिक १५ किलो सुन कोटा प्रणालीबाट बाँड्ने गरेको छ । त्यसो गर्दा चितवनमा साताको दुई किलोमात्र आइपुग्छ । वैशाखमा बिहेको लगन भएकाले माग अत्यधिक बढेको छ । तर, व्यवसायीले सुनको व्यापक अभाव भइरहेको बताएका छन् ।
व्यवसायीले बैंकमार्फत वितरण गरिएको सुन प्रतितोला २ देखि ३ हजार रुपैयाँसम्म महँगोमा खरिद गर्नुपरेको भन्दै वास्तविक व्यवसायीको हातमा सहज तरिकाले सुन आपूर्ति गर्न बढीमा १ सय ग्रामसम्म सुन हरेक व्यवसायीले सर्वसुलभ खरिद गर्ने व्यवस्था मिलाइदिन माग गरेका छन् । “यसो नगरिए कालोबजारी घट्नेवाला छैन,” पुराना व्यवसायी तथा महासंघका केन्द्रीय सदस्य ज्ञानेन्द्रमान शाक्यले भने, “राज्यले यसमा ध्यान दिनुप¥यो ।”
संघले यिनै माग समेटेर मंगलबार प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको हो । उनीहरूले सुनचाँदीको गुणस्तर मापन गर्ने अत्याधुनिक मेसिन तथा यसको मापनका आधार तयार गर्नुपर्ने, चितवनमै नापतौल तथा गुणस्तर मापन गर्ने निकाय स्थापना गर्नुपर्ने, राज्यले व्यावसायिक सुरक्षा प्रदान गर्नुपर्ने माग गरेका छन् ।
सुनचाँदी व्यवसायमा देखिएको समस्याका विषयमा बुधबार देशभरका जिल्ला शाखा अध्यक्षहरूको भेला चितवनमा डाकिएको अध्यक्ष रामुदामुले बताए । “त्यसबाट आगामी दिनमा कसरी अघि बढ्ने भन्ने निधो गर्छौं,” उनले भने, “बाँकी आन्दोलन पनि तय गरिनेछ ।”
बुधबारसम्म पनि राज्यबाट मागको सम्बोधन नभए व्यवसायीले सबै सुनचाँदी पसल बन्द गर्ने घोषणा गरिसकेका छन् । “हाम्रा माग पूरा नभए १९ गतेबाट कुनै पसल खुल्दैनन्,” केन्द्रीय सदस्य रसाइलीले भने ।

(SC-NEPCLOSE)