१० रुपैयाँ दिएर ११ वर्षीयालाई बलात्कार, ७ महिनाको गर्भ भएको खुलासा

11-yrs-girl-rapedविराटनगरमा एक ११ वर्षकी बालिका बलात्कृत भएकी छन् । उनको गर्भ ७ महिनाको भएपछि मात्र घटनाको खुलासा भएको हो । थाहा पाएपछि पीडित बालिकाका अभिभावकले अभियुक्तलाई कारबाही माग्दै प्रहरीमा जाहेरी दिएका छन् । १० रुपैयाँ दिएर बलात्कार गर्ने झापा खुदुनाबारी १ सिस्नेका ४० वर्षे सुरेन विक फरार भएका छन् । स्थानीय बोर्डिङ स्कुलका बस चालक विकले ७ महिनाअघि ती बालिकालाई १० रुपैयाँको नोट दिएर आफ्नै घरमा लगी बलात्कार गरेका थिए । पीडित बालिकाका बुवा आमा स्थानीय खोलामा गिटी कुटेर गुजारा गर्दै आएका छन् । छोरीले खुट्टा दुख्यो भन्ने गरेको र खुट्टा मिचिदिँदै जाँदा पेटमा सारो डल्लो भेटेपछि वैशाख ४ गते उनको पेटमा गर्भ रहेको खुलासा भएको हो । पीडित बालिका अहिले विराटनगरस्थिति एबीसी नेपालको संरक्षणमा रहेको अध्यक्ष विष्णु शर्माले बताउनुभयो । उहाँले अवधि नाघेकाले बालिकाको गर्भपतन गर्न नसकिने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको बताउनुभयो । अध्यक्ष शर्माका अनुसार बालिकालाई एबीसीकै संरक्षणमा पोषिलो खानेकुराहरू दिएर चिकित्सकको निगरानीमा राखिएको छ । जन्मने शिशु जिम्मा लिएर हुर्काउने आमाबाबुसमेत फेला परेको जानकारी दिँदै शर्माले अभियुक्तलाई जबर्जस्ती करणी मुद्दापछि अंश मुद्दा हालेर पीडकबाट पीडितलाई भराउन कानुनी परामर्श सुरु गरेको बताइन् । इलाका प्रहरी बिर्तामोडका निरीक्षक जगन्नाथ खनालले अभियुक्तको खोजीकार्य भइरहेको बताउनुभयो । Nk

Share this

Related Posts

Previous
Next Post »

Love at First Sight