छोराको लिंग काटेर 'छोरी’ बनाए डाक्टरले

(pic sc-internet)

जनकपुर, २५ वैशाख
महोत्तरी सहोडवा-४ की चन्द्रादेवी झाले चारवटी छोरी पाइसकेकी थिइन् । त्यसैले गर्भमा रहेको बच्चा छोरा वा छोरी हो छुट्याउन जनकपुर प्रसूति नर्सिङ होममा आइन् । पाँच महिनाकी गर्भवती चन्द्राको अल्ट्रासाउन्ड गरेर डा. नीलम चौधरीले छोरी भएको जानकारी दिइन् । तर, जब बुधबार उनको गर्भपतन भयो त्यसपछि थाहा भयो पेटमा छोरा पो रहेछ । 
गर्भ परीक्षणपछि गर्भपतन गराएर अस्पतालले गम्भीर अपराध गरिसकेको थियो, तर आफ्नो त्यो अपराध लुकाउन डाक्टरले बच्चाको लिंग काटेर छोरी देखाउने कोसिस गरे । त्यसपछि अस्पताल क्षेत्र तनावग्रस्त बन्यो ।
पहिलोपटक गरेको अल्ट्रासाउन्ड विश्वास नलागेपछि फेरि अल्ट्रासाउन्ड गराएर डा. चौधरीले छोरी नै भएको बताएकी थिइन् । त्यसपछि उनीहरू निराश हँुदै घर र्फकने तयारीमा थिए । तर, अस्पतालकै एक दलालले चन्द्रा र उनका परिवारजनलाई गर्भपतन गराउन सुझाब दिए । 
चन्द्राकी सासू चन्द्रकलाले भनिन्, 'त्यो दिन हामी घर र्फकने तयारी गरिसकेका थियौँ, तर नाम थाहा नभएका एकजनाले बुहारीको गर्भपतन गराइदिनुस् भने । चारजना नातिनी छँदै छन् त्यसैले हामीले पनि मान्यौँ ।' उनका अनुसार डा. चौधरीले साढे पाँच हजार लिएर गर्भपतन गराइदिएकी हुन् ।
मंगलबार राति १ बजे डा. चौधरीले गर्भपतन गर्न शल्यक्रिया कोठामा बोलाइन् । गर्भपतन गर्ने वेला चन्द्रासहित सासू चन्द्रकला पनि उपस्थित थिइन् । गर्भपतन गरेर बच्चा बाहिर निकालेपछि चन्द्राको कोखमा छोरी नभई छोरा भेटियो । 
निकालेको बच्चा छोरा भएको थाहा पाउनेबित्तिकै सासू चन्द्रकलाले डा. चौधरीलाई गाली गर्न थालिन् । गाली गर्दै उनीहरू बाहिर निस्कनेबित्तिकै अस्पतालकै एक नर्सले बच्चाको लिंग काटिदिइन् । त्यसपछि उनीहरूले बच्चा छोरा नभई छोरी नै रहेको बताउन थाले ।
तर, बच्चालाई आफ्नो काखमा लिई हेर्दा लिंग भएको ठाउँबाट रगत बगेको देखेपछि सासु चन्द्रकला तर्सिइन् । उनले भनिन्, 'रातिको समय थियो, मसँग मोबाइल पनि थिएन, चिच्याउनु, कराउनुबाहेक कुनै विकल्प थिएन । बुहारी चन्द्रा बेहोस अवस्थामा थिइन्, बाहिरबाट कसैलाई बोलाउन पनि सकेनौँ ।' 
बुधबार बिहान मात्र घटनाबारे आफन्तलाई जानकारी गराएको उनले बताइन् । चन्द्राका श्रीमान् अनिलले भने, 'जुन डाक्टरले एकपटक होइन दुईपटक अल्ट्रासाउन्ड गर्छन्, तब पनि छोरा हो वा छोरी छुट्याउन सक्दैन ?' कानुनतः तीन महिनाभन्दा बढीको बच्चालाई गर्भपतन गर्ने गराउने/गराउनेलाई अवैध मानिएको छ ।
डा. चौधरीले बच्चाको लिंग काटिदिएर गल्ती ढाकछोप गर्न खोजेको अस्पतालका एक 
कर्मचारीले बताए । बुधबार बिहान पीडितका परिवारले अस्पतालमा तोडफोड गरेपछि घटना सार्वजनिक भएको हो । तोडफोडपछि अस्पताल केही घन्टा तनावग्रस्त बनेको थियो ।  
घटनालाई अगाडि नबढाउन पीडित परिवारलाई डा. चौधरीले एक लाख क्षतिपूर्ति दिएकी छिन् । साथै घटनालाई नउचाल्न दुवै पक्षबीच सहमतिसमेत भएको स्रोतले 
बताएको छ ।(नयाँ पत्रिका)
 

Share this

Related Posts

Previous
Next Post »

Love at First Sight