काठमाडौंको ठमेलमा भीषण आगलागी, करोडौंको क्षति

काठमाडौंको ठमेलमा भीषण आगलागी, करोडौंको क्षति काठमाडौं,जेठ ३ ।राजधानीको ठमेलमा विहीबार रातिदेखि भीषण आगलागी भएको छ । ठमेलस्थित एक क्लबबाट शुरु भएको आगलागीबाट करोडौं रुपैयाँको क्षति भएको छ । ठमेलस्थित काठमाडौ गेष्ट हाउस नजिक गएराती ११ बजेदेखि नै आगलागी शुरु भएको हो । फेसेज क्लबबाट शुरु भएको आगो अन्यत्रसमेत फैलिंदा केही घर र पसलहरु जल्दा करिब २० करोड रुपैयाँ बराबरको क्षति भएको महानगरीय प्रहरी कार्यालयको अनुमान छ । आगलागी नियन्त्रणका लागि काठमाडौ, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका दमकलका साथै सयौं सुरक्षाकर्मी प्रयोग गरिएको थियो । घटनास्थल पुग्न साँघुरो गल्ली भएकाले दमकलहरुलाई जान समस्या हुँदा आगलागी नियन्त्रण गर्न ढिला भएको जनाइएको छ ।

Share this

Related Posts

Previous
Next Post »

Love at First Sight