-फ्रान्स पुर्याइदिने, रोजगारी दिने भन्दै लाखौ रुपैयाँ ठगेर फरार

फ्रान्स पुर्याइदिने, रोजगारी दिने भन्दै लाखौ रुपैयाँ ठगेर फरार

deepak raj dahalदोलखामा थामी भाषा र संस्कृतिमा पीएचडी गर्ने भन्दै एक जना व्यक्तिले लाखौ रुपैयाँ ठगेर फरार भएका छन् । जवाहरलाल नेहरु विश्वविद्यालयमा अध्ययन गर्ने बताउने तेह्रथुम पौठाक गाविस वडा नम्बर ३ लवरी घर भएका दिपक शर्मा भनिने दिपकराज दाहालले विभिन्न प्रलोभन देखाई ठगी गरेको खुलासा भएको छ ।
भारतीय राजदुतावासबाट विद्यालयहरुको भवन बनाईदिने तथा गाउँमा खानेपानीको योजना ल्याउने, फ्रान्स पुर्याइदिने, रोजगारी दिने भन्दै ठगी गरेको पीडितहरुले बताएका छन् । ठगीनेमा सबै जिल्लाका उच्च पदस्थ कर्मचारीहरु, विद्यालय प्रधानध्यापकदेखि जिविसका कर्मचारीसम्म रहेका छन् । दाहालले दिएको चेक पटक पटक वाउन्स भएपछि पिडितहरुले आफुहरु ठगीएको थाहा पाएका थिए ।nk

Share this

Related Posts

Previous
Next Post »

Love at First Sight