संजय दत्त साँढे ३ वर्ष सजाय काट्न भोलि जेल जाने भएका छन्

   
sanjay_duttबलिउडका चर्चित अभिनेता संजय दत्त साँढे तीन वर्षको सजाय काट्न भोलि जेल जाने भएका छन् । संजय दत्तका वकिलका अनुसार संजयले भोलि मुम्बईको टाडा विशेष अदालत समक्ष आत्मसमर्पण गर्ने बीबीसीले जनाएको छ । हिजो मात्र भारतको सर्वोच्च अदालतले आत्मसर्पणका लागि थप समय दिन उनले गरेको अपील खारेज गरेको थियो । यसपछि संजय दत्तले पूणेको येरवडा जेलमा आत्मसपर्णका लागि टाडा अदालतमा अपील गरेका थिए । सन् १९९३ को मुम्बई बम विष्फोट सम्बन्धी मामिलामा दोषी पाइएका संजय दत्तले मंगलवार टाडा अदालतमा आफूमाथि चरमपन्थी संगठनहरुबाट ज्यानको खतरा रहेकाले विशेष अदालतमा नभइ येरवडा जेलमा आत्मसर्पण गर्न अनुमति मागेका थिए । तर, आज उनले उक्त अपील फिर्ता लिएको बताइएको छ । एक महिनाअघि अदालतले उनलाई आत्मसमर्पणका लागि थप चार साताको समय दिएको थियो । यसबीचमा उनले सुटिङको चरणमा रहेका आफ्ना फिल्महरुको काम सकाएका थिए । उनलाई मुम्बई बमकाण्डका अभियुक्तहरुबाट अवैध हतियार लिएको अभियोगमा दुई महिना अघि पाँच वर्षको जेल सजाय सुनाइएको थियो ।nk

Share this

Related Posts

Previous
Next Post »

Love at First Sight