पर्यटनको नाममा अपारदर्सी चलखेल (चुरो कुरो के हो

   
dharaharaकाठमाडौ महानगरपालिकाले पर्यटकीय गन्तब्यस्थल बसन्तपुर दरबारमार्ग पुग्ने पर्यटकलाई अनिवार्य धरहरा जानुपर्ने बाध्यकारी व्यवस्था गरेपछि वसन्तपुर क्षेत्रका पर्यटन व्यवसायीहरुले विरोध गरेका छन्। महानगरपािलकाले ठेकेदार कम्पनी साइड वाकर्स प्रालिको प्रलोभनमा वसन्तपुर संरक्षण क्षेत्र पुगेका पर्यटकलाई अनिवार्य धरहरा पुर्याउने व्यवस्था गरेको व्यवसायीले आरोप लगाएका हुन् । संघर्ष समितीका संयोजक श्याम मानन्धरले उक्त व्यवस्थाले पर्यटकहरुलाई समस्या हुने भन्दै नयाँ नियम खारेज हुनुपर्ने माग गर्नुभयो। साइड वाकर्स प्रालिले महानगरपालिकासँग २० बर्षका लागी काठमाडौंको सुन्धारास्थित भिमसेन स्तम्भ (धरहरा) क्षेत्र भाडामा लिएर संचालन गर्दै आएको छ । वसन्तपुर क्षेत्रमा बार्षिक करिब डेढ लाख पर्यटक घुम्न जाने गरेका छन्। ती पर्यटकलाई धरहरा चढ्न बाध्य पारिनुले पर्यटकलाइ समेत सास्ती हुने व्यवसायीको भनाई छ। महानगरपािलकाले साइड वाकर्ससँग कमिशनको लोभमा यस्तो निर्णय गरेको व्यवसायीको आरोप छ

Share this

Related Posts

Previous
Next Post »

Love at First Sight