ईराकमा नेपाली चेली बिक्रीगर्ने गिरोहको पर्दाफास(अपराध फिचर)

   
img010123चेलीबेली बेचबिखन रोक्न अनेकौ प्रयासहरु चलिरहेको छ । तर, चेली बेच्ने समस्या क्यान्सर झैं फैलन छोडेको छैन ।
हो, ईराकी दलालहरुसँगको मिलेमत्तोमा ईराकमा महिला बिक्री गर्ने एक गिरोहका १० जना पक्राउ परेपछि अर्को एउटा चेलीबेली काण्डको पर्दाफास भयो ।
कुमारी भन्ने फुलकुमारी महार, दिलु भन्ने रामकुमारी राई, काभ्रेकी भरईसल लामा, अभिराज राई , हरी तामाङ, भोजपुरका कामी शेर्पा, डोमा शेर्पा, आङगलम्बु शेर्पा र बिक्रमराज श्रेष्ठलाई फरक फरक स्थानबाट पक्राउ गरिएको थियो ।
यिनीहरुलाई चेलीबेटी बेचबिखनको अभियोगमा पक्राउ गरिए पनि खासखास अभियुक्तसम्म प्रहरी पुग्न सकेको छैन, यो कमजोरीमा स्वीकार्छन्, महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी नायव उपरीक्षक सुरेन्द्र मैनाली पनि ।
यो गिरोहले नेपाली चेलीहरुलाई श्रम स्वीकृत प्राप्त मुलुकमा लग्ने र उतैबाट ईराकमा लगेर बेच्ने गरेको प्रहरी अनुसन्धानले देखाउछ । यो घट्नाको पर्दाफास त्यति बेला मात्र भयो जब ओमानमा लाने भन्दै बेच्न ईराक पु¥याइएकी एक महिला उम्केर नेपाल आई प्रहरीमा उजुरी गरिन । Sc-Nk

Share this

Related Posts

Previous
Next Post »

Love at First Sight