मदिरा बनाउन मुसा, खसीबोका, भैंसीराँगाका आन्द्रा र सडेका वस्तु

   
parbat maderaमरेका मुसा, खसीबोका, भैंसीराँगाका आन्द्राहरु, महिलाले लगाउने कपडाका साथै सडेका वस्तुहरु राखेर बनाइएको करिब २० हजार लिटर घरेलु मदिरा प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको छ । पर्वत जिल्लाका विभिन्न ठाउँहरुबाट बरामद २० हजार लिटर रक्सी प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । जिल्लाको डिमुवा बजार र आसपासको क्षेत्र, सदरमुकाम कुश्मा बजार र मालढुङ्गाबाट गैर कानुनी रुपमा बनाइएको सो रक्सी नष्ट गरिएको थियो ।
स्थानीय व्यवसायिहरुले बनाएको लोकल रक्सीलाई झम्म पार्ने बनाउन मरेका मुसा, महिलाले लगाउने कपडाहरु, खसीबोकाका आन्द्राहरु जस्ता सडेका वस्तुहरु नष्ट गरिएको रक्सीमा भेटिएको थियो ।
बुधबार जिल्ला प्रहरी कार्यालय पर्वतले जिल्ला प्रशासन कार्यालय र पत्रकारको रोहबरमा अबैध रुपमा बनाइएको मानव हानिकारक मदिरा नष्ट गरिएको हो । जिल्लामा अबैध रूपमा व्यवसायिहरुले बनाएको घरेलु रक्सी नियन्त्रणमा लिएर निर्मुल पार्ने अभियानमा लागेको प्रहरीले सदरमुकाम लगायत गाँउ–गाँउमा प्रहरी तथा आमा समुह परिचालन गरी नियन्त्रण गर्ने प्रहरीले जनाएको छ ।

Share this

Related Posts

Previous
Next Post »

Love at First Sight