बेलायतमा जेनिशा यसरी खुलिन्


विश्वका प्रायः फिल्मकर्मीहरुको रोजाइ भित्र पर्छ बेलायत । यहाँ आएर विभिन्न रमणिय दृश्य लिनु विकासोन्मुख राष्ट्रका फिल्मकर्मीलाई त एउटा ‘सपना’ पनि हुन्छ । युरोपमा लामो समय देखि बस्दै आएका रमेश त्वयनालाई यूके आउनु कुनै नौलो कुरा त थिएन, तर उनले बेलायतमा आफ्नो फिल्म सुटिङको इच्छा भने बल्ल पुरा गरेका छन् ।


    लक्जम्बर्ग एनआरएनए आइसिसी सदस्य त्वयनाको पाँचौं नेपाली फिल्म ‘आधी बाटो’को बाँकी दश प्रतिशत छायांकन बेलायतका विभिन्न ठाउँमा भएको हो । दुई साता अघि बेलायत आएर फिल्म निर्माण टोलीले यूकेमा खिच्नुपर्ने सम्पुर्ण दृश्य सकिसकेको छ । नेपाली फिल्म नचलिरहेको अवस्थामा विश्वको महंगो शहर लण्डनमा आएर छायांकन गर्नु चुनौती भएता पनि कथामा केही अंश ब्रिटिश आर्मीसंग सम्बन्धित भएकोले बेलायत नै रोज्नुपरेको निर्माता त्वयनाले बताए ।



         आजसम्म नेपाली फिल्ममा देख्न नपाईएको बेलायतका रमणीय दृश्य यस फिल्ममा देख्न पाइने र दर्शकले मज्जा लिनुका साथै ‘आधी बाटोले’ नेपाली फिल्मको अर्न्तराष्ट्रिय बजार बिस्तार गर्नेमा आफु विश्वस्त रहेको त्वयनाले बताए । बेलायत रहँदा सिनेमाटोग्राफर एवं व्यवस्थापक कुशल श्रेष्ठले लण्डन, ब्ल्याकपुल, ग्रीनवीच युनिभर्सिटी, ब्राइटन लगायत विभिन्न ठाउँका रमणीय दृश्यहरु क्यामरामा कैद गरे । सुटिङका लागि नेपालबाट नायिका जेनिसा केसी पनि आएकी थिइन् । 'यो मेरो मन उडेर जाउँ भन्छ..' बोलको गीतमा नायिका केसी फिल्ममा निक्कै खुलेको प्रस्तुत तस्विरहरूले देखाउँछ । लण्डन ब्रीजमा समूह नृत्य छायांकनका क्रममा केही रोकावट भएको श्रेष्ठले जनाए । उक्त गीतमा सुरेश श्रेष्ठको कोरियोग्राफी छ ।
जेनिसाको बुवाको भूमिकामा बेलायतमै बस्दै आएका कृष्ण तुलाचनले अभिनय गरेका छन् ।


मनिष श्रेष्ठले बेलायत पार्टको निर्देशनमा सघाएका छन् भने बेलायतमा आफ्नो स्थान बनाइसकेका मोडल दिनेश कार्कीले पिटरको भुमिकामा अभिनय गरेका छन् । सविर श्रेष्ठले निर्देशन गरेको यस फिल्ममा जेनिशाको साथमा यश कुमार, सविन श्रेष्ठ, अनु शाह, धिरेन शाक्य, रुवि राणा लगायतको प्रमुख भुमिका रहेको छ । सुटिङ सकेर नायिका केसी नेपाल फर्किसकेकी छिन् भने निर्माता त्वयना लक्जम्बर्ग पुगिसकेका छन् ।

Share this

Related Posts

Previous
Next Post »

Love at First Sight