ट्याक्सी चालकले यात्रु ठग्न र ट्राफिक नियम मिच्न पाउनुपर्छ भन्दै मंगलबार राजधानीमा प्रदर्शन गरेका छन् ।






काठमाडौँः ट्याक्सी चालकको माग सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । तर, ट्याक्सी चालकले यात्रु ठग्न र ट्राफिक नियम मिच्न पाउनुपर्छ भन्दै मंगलबार राजधानीमा प्रदर्शन गरेका छन् ।

मिटरमा ट्याक्सी चलाउदा थोरै पैसामा यात्रु बोक्नुपर्ने भन्दै ट्याक्सी चालकले मिटरमा ट्याक्सी चलाउनुपर्ने, सडकमा लेन अनुशासन पालना गर्नुपर्नेलगायतका कडा नियम बनाइएको भन्दै प्रदर्शन गरेका हुन् । राजधानीको तीनकुने नयाँ बानेश्वर र कोटेश्वर क्षेत्रमा जम्मा भएका करिब पाँच सय ट्याक्सी चालकले ट्राफिक नियमविरुद्ध नाराबाजी समेत गरे ।

मिटरमा ट्याक्सी गुडाउदा मनलाग्दी पैसा लिन नपाउने भएकाले विरोधमा उत्रिएको लोकतान्त्रिक यातायात मजदुर संगठन स्वतन्त्रका भरत गुरुङले बताए । ‘उपत्यकामा मिटरमा ट्याक्सी चलाएर घर चल्दैन । दैनिक ट्राफिकले नियम मिचेको भन्दै कारबाही गर्छ त्यसको विरोधमा हामी प्रदर्शनमा आएका हौँ ।’

गुरुङले उचित पार्किङ नहुँदा समेत ट्याक्सी व्यवसायी संकटमा परेको गुनासो गरे । धेरै ट्याक्सी चालकलाई आन्दोलनमा नगए ट्याक्सी गुडाउनै नदिने धम्की दिदै प्रदर्शनमा सहभागी गराएको समेत खुलेको छ ।

प्रदर्शनमा पुगेका एक चालकले भने, ‘र्यालीमा जबरजस्ती धम्क्याएर सहभागी हुन उर्दी गरेका थिए । र्यालीमा सहभागी हुन नमान्ने चालकलाई धम्क्याउने र ट्याक्सी समेत तोफोड गरी दिने चेतावनी दिएकाले सहभागी भएको हुँ ।’

ट्राफिक नियमविरुद्ध प्रदर्शनका कारण राजधानीको सवारी व्यवस्थापन घन्टौ अस्तव्यस्त बन्दा समेत प्रहरी प्रशासन भने रमिते मात्र देखिएको थियो ।

- source osnepal


Share this

Related Posts

Previous
Next Post »

Love at First Sight