झ्व: भ्वय् (सुकुल भोज)



















 




नेवा: परम्पराहरू मध्ये एउटा “भ्वय्/भोज” को महत्त्वलाई उजागर गर्दै यस परम्पराको संरक्षण, सम्बर्द्धन तथा प्रबर्द्धन गर्ने उद्देश्य लिएर दशैँ-११३६को उपलक्ष्यमा काठमाडौँको ऐतिहासिक स्थल इतुंबहालमा ने.सं. ११३६ यँलागा नवमी, शनिबारका दिन नेवा: पुच:ले “झ्व: भ्वय्” कार्यक्रमको आयोजना गरे । झ्व: भ्वय् अर्थात लस्करमा बसेर खाइने भोज बिशेषत: नेपालको नेवा: सभ्यता भित्र अति नै महत्त्वपूर्ण परम्परा रहिआएको र अहिलेको समयमा आएर पश्चिमी शैलीको बढ्दो प्रयोग तथा कार्यब्यस्ताका कारण कृषिप्रधान समाजमा रहेको परम्परागत शैलीको ह्रास हुँदै आएको तथ्य तर्फ नेवा: पुच:को ध्यानाकार्षण भएकोले यस्ता परम्पराको प्रबर्द्धन गर्नुपर्ने बुझेर यस झ्व: भ्वय् कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा भोज खुवाउने मात्र नभई प्रथम चरणमा एक औपचारिक सभाको आयोजना गरियो ।
नेवा: पुच:का अध्यक्ष श्री किशोर लाल जोशीको सभापतित्त्वमा आयोजित उक्त सभाका प्रमुख अतिथिमा नेवा: अगुवा डा. महेशमान श्रेष्ठ, विशेष अतिथिमा “नेवा: बस्ती नेवा: स्कूल”का अभियन्ता श्री दीपक तुलाधर तथा अतिथिहरूमा नेवा: सञ्चारकर्मी श्री के.के. मानन्धर, नेवा: पुच:का सल्लाहकारहरू श्री सुनिता राजभण्डारी तथा श्री सुजीव बज्राचार्य रहेको उक्त सभामा बिच नेवा: पुच:का सदस्य मार्फत भोजको इतिहास एवं बैज्ञानिक, सांस्कृतिक, सामाजिक एवं धार्मिक महत्त्वमा प्रकाश पार्दै मन्तव्यहरू प्रस्तुत गरिए भने उपस्थित अतिथिहरूले पनि भोजको बिषयमा आ-आफ्नो विचार व्यक्त गर्दै लोपोन्मुख यस्ता संस्कृतिको महत्त्व बुझ्नु अति आवश्यक रहेको बताए । साथै यसै सभाबिच सभाका प्रमुख अतिथि डा. महेशमान श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान गरियो । त्यसैगरि वि.सं. २०७० सालमा त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तर तह नेपालभाषा विषयमा प्रथम भएर ‘ख’ श्रेणीको नेपाल विभूषणबाट विभुषित भएकोमा श्री सुनिता राजभण्डारी एवं चौथो राष्ट्रिय महिला बुद्धिचाल च्याम्पियनको उपाधि जित्न सफल भएकोमा श्री सिन्दिरा जोशीलाई पनि यसै सभाका बिच कदर गर्दैं सम्मान-पत्र प्रदान गरिए । कार्यक्रममा समय्बजि युनिट पनि संलग्न थिए । कार्यक्रमको दोश्रो चरणमा अतिथि लगाएत सबै उपस्थित व्यक्तिहरूलाई ‘सहस्र’ सांस्कृतिक ब्याण्डको संगीमय वातावरणमा परम्परागत शैलीको नेवा: भोज खुवाइयो । उक्त भोज कार्यक्रममा गैर-नेवार नेपाली मात्र नभई पर्यकटहरू पनि सहभागि भएको दखियो । बडो रमनीय ढंगले नेवा: भेषभुषामा सज्जिएका युवा-युवतीको व्यवस्थापनमा गरिएको उक्त भोज कार्यक्रममा लगभग १८० जनाको सहभागी थियो ।


















Traditional Newa: style feast. Lets Save our culture. On the auspicious occasion of Dashain & Tihar-2073. Ticket Price NRs. 600/- only. Live orchestra performance by "SAHASRA"


Organised By Newa: Pucha:



Share this

Related Posts

Previous
Next Post »

Love at First Sight