Your Small Help Can Make Big Different.
Please Donate us to Make it Even Better
नेवा: पुच:ले Hand-in-Hand(HiH)सँग संमन्वय गरी श्रीकमल मा. वि.मा हरेक हप्ता शुक्रबारका दिन अतिरिक्त क्रियाकलाप अन्तर्गत नृत्य, गायन, शिल्पकला, बुद्धिचाल, बाद्यबादन, चित्रकला जस्ता विधामा विद्यार्थी तथा शिक्षकशिक्षिकालाई प्रशिक्षण दिँदै आएको छ । यो दशैँमा यस संस्थाले “सबैको लागि दशैँ” कार्यक्रम अन्तर्गत उक्त विद्यालयमा अध्ययन गर्ने न्यून-आय परिवारबाट आएका ३० विद्यार्थीलाई वि.सं. २०७३ असोज १५ गते, शनिबार, घटस्थापनाका दिन नयाँ लुगा प्रदान गर्ने एवं मिष्ठान्न भोजन खुवाउने कार्य गरेको छ । दशैँ सबैंका लागि हो र सबैमा उत्सवको हर्ष बाँड्नु पर्छ भन्ने मनसायले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा बालबालिकालाई मनोरञ्जन गराई साबुदाना खीर खुवाउने तथा नयाँ लुगा सँगै बिस्कुट, जुस तथा चकलेट बाँडिएको थियो । संस्थाकै सक्रिय सदस्यहरू मिलेर आवश्यक रकम जुटाई उक्त कार्यक्रमको आयोजन गरिएको हो । साथै यसै कार्यक्रममा खरिको बोट, नयाँ बानेश्वर निवासी श्री Niraj Shrestha द्वारा प्रदान गरिएको १ थान टेलिभिजन सेट पनि विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।