दशैँ नमनाउने गाउँ खोकना”



खोकना आर्थात जितापुर (पैरानीक नाम) जस्को आफ्नै छुटै परम्परा, शैली, मौलिक र सांस्कृतिक धरोहर रहेको गाउँ हो । खोकना एक जिवित एतिहासिक गाउँ भन्न कुनै दुबिदा नहोला । कालो तेलको लागि प्रसिद्ध खोकना गाउँ पहिलो बिजुली घर भएको पनि गाउँ हो । एउटा रमणीय गाउँ, एउटा एतिहासीक गाउँ आहाँ १ मेरो गाउँ खोकना गाउँ । करिब ५००० को जनसंख्या रहेको र ७०० घरधुरी रहेको मेरो गाउँ खोकनाको आफ्नै विभिन्न सांस्कृती, रितिरिवाज बोकेको छ आर्थत सरल भाषामा भन्नेहो भने “दशैँ नमनाउने गाउँ खोकना” हो सुन्दा अचम्म लाग्न सक्छ । दशैँ नमनाउने गाउँ खोकना । हिन्दुलाम्वीहरुको महान चाडँ दशैँ यस गाउँमा मनाइदैन, दशैँमा राखिने जमरा यस गाउँका देवी देवताहरुलाई नहुने यसको इतिहासमा उल्लेख छन् । साथीभाई माझ हाम्रो दशैँ हुदैन भन्दा अचम्मले हेर्छ र भन्नछन् साच्चै छैन अनि म भन्छु हाम्रो आफ्नै छुटै जात्रा हुन्छ जुन ५ दिने मनाइन्छ ।
आश्विन शुक्ल चतुर्थी देखी आश्विन शुक्ल सप्तमी सम्म मनाइने यस जात्राको आफ्नो छुटै किम्बदन्ती, इतिहास बोकेको छ । जात्राको पहिलो दिन राँगो काट्ने, ३ गुठीमा बडेमानाको १–१ वटा राँगो काट्छ र गुठीमा जानेहरुको भोज हुन्छ । देस्रो दिन खोकनावासीहरु घर घरमा छोइलाब्यु अर्थात घर घर सानो भोज रुपमा गरिन्छ जसमा आफ्ना परिवारहरु सँगै बसि खानाको ठाउँमा विभिन्न परिकारहरु राखि भोज खाइन्छ । यस्तै गरि तेस्रो दिन मुल जात्राको दिन जुन खोकनाको मुख्य मन्दिर श्री रुद्रायणी माईको मन्दिरमा हुन्छ । यस दिनको राति करिब ३ः३० देखी श्री रुद्रायाणीमाईलाई खतमा राखी सीकाली चौर लगिन्छ र साथै ३ वटा गुठीका “क्व” अर्थात ध्याम्पो जुनमा कालो जाडँ राखेको हुन्छ राती नै सिकाली चौर लगिन्छ र भोली चौठो दिनको जात्रा सुचारु ह्ुन्छ । चौठो दिनमा सिकाली जात्रा हुन्छ जुन सिकाली चौर ठुलो मैदन हो र यस चौरमा विभिन्न मुकुत लगाएका देवी देवताको जात्रा हुन्छ । यस दिन सिकाली जात्रा हेर्नेहरुको ठुलो घुइचो लग्नेगर्छ । यस दिन मध्यान अन्दाजी ४ वजे देखी मुकुत लगाएका विभिन्न देवीदेवताहरु नगर परिक्रमा गराई पुजा गरिने चलन छ । पाँचौ दिन “ द्य प्याख” देवी देवताको नाच । इतिहासिक नगरि जस्को आफ्नै सांस्कृतिकमा धनि मानिएका आफ्नो छुटै परम्परामा चलिरन्छ । यस पाँचौ दिनमा मुकुट लगाएका देवि देवताहरुको पौरानिक नाचहुन्छ यस नाच करिव दिनभरको हुन्छ । विभिन्न मुकुट लगाएका देवताहरु जस्तै भैरव, कार्की, कुमारी, व्रमायणी, हनुमान, शक्ति आदि हुन्छन् । यसरीनै खोकनागाउँमा पाँच दिने जात्रापर्व समाप्तहुन्छ । आफ्नो छुटै मौलिक रहेको मेरो खोकना गाउँ आहाँ १ कति रमाइलो छ । पवन ब.डंगोल



Share this

Related Posts

Previous
Next Post »

Love at First Sight