लन्डनमा म्हपुजा र सांस्कृतिक कार्यक्रमको अन्तिम तयारी



पासापुच गुठी इस्ट साउथ लन्डनले ३१ अक्टोबरका दिन विभिन्न सांस्कृतिक कार्यक्रम सहित नेपाल सम्वत ११३७ र म्हपुजा कार्यक्रम आयोजना गर्ने भएको छ । लन्डनमा रहेका विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधि, स्थानीय काउन्सील तथा नेपाली एम्बेसी यूकेका प्रतिनिधिहरुको सहभागीता रहने उक्त कार्यक्रममा झण्डै ४ सयको उपस्थिति रहने आयोजकद्धारा जानकारी दिइएको छ ।७ बजेपछि परम्परागत पुलुकिसी, कुमारी यात्रा, मञ्जुश्री, पञ्चकन्या, रथजात्राका साथमा धिमे बाजा, भैरब गणका साथमा विनोद चिपालुको लाखे नाच विशेष हुने आयोजक समितिले कार्यक्रम तय गरेको छ। उक्त कार्यक्रमका संयोजक सचिन श्रेष्ठ, सांस्कृति कार्यक्रमको संयोजकमा बिनोद चिपालु र अशोक अवाल रहेका छन् । ५ बजे देखि १० बजेसम्म गरिने उक्त कार्यक्रममा १ सय सामुहिक म्हपुजा गरिने संस्थाका अध्यक्ष सुशील प्रजापतिले जानकारी दिएका छन् ।

 PPG UK Mha Puja 2015 Nepal Samvat 1136 Part 1 PPG UK Mha Puja 2015 Nepal Samvat 1136 Part 2 PPG UK Mha Puja 2015 Nepal Samvat 1136 Part 3

Share this

Related Posts

Previous
Next Post »

Love at First Sight