नयाँ बर्ष ११३७ को हर्षोल्लास स्वागत गर्न न्हूदँ र्‍याली

नेवा: पुच:ले न्हूदँ समारोह समिति-११३७ सँग समन्वय गरी बसन्तपुर क्षेत्र परिसरमा र्‍याली ब्यबस्थापनको लागि स्वयंसेवक परिचालन गरेको थियो । करिब ४० जना स्वयंसेवक प्रयोग गरी बसन्तपुर परिसर भित्रको कुमारी छें, मरु गणेद्यो, काष्ठमण्डप लगाएत क्षेत्रमा र्‍याली तथा भीड व्यवस्थापन गरिएको थियो । त्यस्तै गरी नेवा: पुच:ले यो वर्ष कुमारी छें अगाडी रहेको कुमारी दबुमा मन्द: बनाएको छ । अष्टमंगलको बिचमा आफ्नो लोगो हाली बनाइएको उक्त मन्द:मा साँझ पख दीप प्रज्ज्वलन गरिएको थियो । साथै नेवा: पुच:को टी-सर्ट अथवा साँस्कृतिक पहिरहनमा सजिएका करिब ५० सदस्य धिमे बाजा तथा बासुरीको धुन सहित सबै नेपालीलाई भिंतुना बाँड्दै नयाँ बर्षको हर्षोल्लास स्वागत गर्न न्हूदँ र्‍यालीमा समेत सहभागी भएका थिए ।





























Share this

Related Posts

Previous
Next Post »

Love at First Sight