मंसिर ३, २०७३- काँधमा दुई तारा । शरीरमा बर्दी । बोलीमा सैनिक अधिकारीको ओज । अनि त्यस्तै आत्मविश्वासी शैली । उनको कार्यकक्षमा पुग्ने वा उनले सम्बोधन गर्ने कार्यक्रममा पुग्ने जो कोहीलाई पनि नेपाली सेनाका यी दुईतारे जर्नेलको शारीरिक अवस्थाबारे हेक्का रहँदैन ।

अर्थात् उपरथी रमिन्द्र क्षत्री । हो, उनलाई पहिलोपटक भेट्ने जो कोहीलाई पनि उनको शारीरिक अवस्थाबारे आँकलनसम्म हुँदैन । हुन पनि उनको व्यावसायिक जीवनमा त्यसबाट अवरोध आएको पनि छैन । तर, तिनै दुईतारे जर्नेललाई घरदेखि कार्यालयसम्म आउँदा दुई सहयोगी चाहिन्छभन्दा धेरै मानिस अचम्म हुन्छन् । जर्नेल अनि अरूको सहारा ? हो नेपाली सेनाका उपरथी क्षत्रीको दैनिकी विगत १३ वर्षदेखि यसरी नै अघि बढी रहेको छ । तैपनि उनको आत्मविश्वास र व्यावसायिकतामा कमी आएको छैन । सेनाले पनि त्यसलाई अन्यथा लिएको छैन । उनको जीवन गतवर्षको महाभूकम्पमा हजारौं आफन्त गुमाएका नेपालीले गाएजस्तै छ– ‘धरहरा ढल्यो । तर, हाम्रो मन ढलेको छैन ।’

किन पनि क्षत्री सेनाका अरू अधिकारीहरूभन्दा भिन्न छन् भने उनै सबैभन्दा लामो समय सैनिक जनसम्पर्क निर्देशनलाय र मनोवैज्ञानिक युद्ध कार्य महानिर्देशनालयको प्रमुख तथा प्रबक्ता भएर काम गरे । सेनाको आमनागरिकले देख्ने अनुहार यिनै निकायहरू हुन् । आममानिसले गर्ने प्रश्नको जवाफ दिने निकाय पनि यिनै हुन् । 

त्यो बिहान, जुन बिर्सन सकिन्न
आजभन्दा १३ वर्षअघि अर्थात् २०६० भदौ ११ को बिहान । महासेनानी रमिन्द्र क्षत्री आफ्नो निवास कपुरधाराबाट भद्रकालिस्थित सैनिक जंगी अड्डा जान निस्कँदै थिए । तर, उनलाई के थाहा केही समयपछि नै उनको जीवनले अनौठो मोड लिनेछ भनेर ।

‘दुर्भाग्य पहिलो गोलीले नै मेरो स्पाइनल कर्डमा क्षति पुर्याइसकेको रहेछ । रगत बग्न थालिहाल्यो । तर, पनि म ओर्लिएर अलिकति हिँडे । दोस्रो गोली मेरो दायाँ पाखुरामा लाग्यो । पहिलो गोलीले नै स्पाइनल कर्डमा इन्जुरी गरी, फोक्सो छेडेर १० नम्बरको करङमा गएर अड्किएछ,’ उनी त्यस दिनको पीडादायी घट्ना सम्झन्छन्, ‘यो मेरो दोस्रो जुनी हो । त्यसबेला म बाँच्छु भन्ने आशा धेरैले मारिकेका रहेछन् ।’

उनको उपचारमा सेनाका सहित बाहिरका डाक्टरहरू भगवान् कोइराला, उपेन्द्र देवकोटासमेत संलग्न थिए । डाक्टरहरूले पनि यतिको इन्ज्युरीमा जोकोही मर्थे भनेका थिए । क्षत्री आफूले भनेको सझन्छन्, ‘म मर्न त मर्दिनँ । तर, मेरो दुखाइ भने कम गर्दिनुस् ।’

घाइते भएपछिको लामो पट्यारलाग्दो समय उपचारका क्रममा उनले भोग्नुपर्यो । सैनिक अस्पतालबाट ‘रिक्स’ लिएरै डाक्टरहरूले टिचिङमा उनको उपचार गराए । उनलाई तीनपटक त भ्यान्टिलेटरमै राख्नुपर्यो । ‘कति दिनपछि होस् आयो मलाई अहिलेसम्म पनि थाहा छैन,’ क्षत्री भन्छन्, ‘तर यो थाहा छ कि पहिलोपटक होस् आउँदा म टिचिङमा छु । दोस्रोपटक होस् आउँदा मेरो शरीरको तल्लो भाग चल्दैन भन्ने थाहा पाएँ ।’
त्यसको दुई महिनापछि उनलाई अमेरिकाको माइमीस्थित पुन:स्थापना केन्द्र लगेर २ महिना राखियो । त्यहाँबाट फर्किएपछि उनको बास सैनिक अस्पतालमै भयो । ह्वीलचेयरमा साताको एकपटक कार्यालय आउन थाले । ‘त्यसबेला मेरो घरको संरचना पनि ह्वीयलचेयर मैत्री थिएन,’ क्षत्री भन्छन् । केही समयमा घरमा संरचना पनि बनाएँ र घरबाटै कार्यालय जान थालें ।
त्यसो त बिरामीले धेरै सिकाउँदो रहेछ । उनले पनि आफैं थाला परेपछि स्पाइनल कर्ड इन्ज्युरीबारे धेरै थाहा पाए । उनी यस विषयमा हुने नयाँ अविष्कारहरूको जानकारी पनि राख्छन् । ‘अहिले बनेका नयाँ उपकरणहरूको सहयोगले हिँड्न सकिन्छ । तर, ती महँगा छन्,’ क्षत्री भन्छन्, ‘कतै जुट्यो भने वा सस्तो भयो भने प्रयोग गरौंला ।’ यसरी हिँड्न सकिने रि–वक भन्ने एउटै मेसिनलाई ९० लाख भारतीय रुपैयाँ पर्छ । अझ त्यही गएर थेरापी गर्दाको खर्च थप अरू लाग्छ ।
तर, उनी हार मान्नेवाला छैनन् । उनी अहिले अटोमेटिक गाडीलाई भने चलाउन सक्छन् । यु–ट्युबमा हेरेर आवश्यक सामानको सहयोगमा उनले भद्रकालीवरिपरि र चितवनका ठूला सडकमा गाडी चलाएका छन् । गाडी चलाएको भिडियो उनको फेसबुकमै अपलोड गरिएको छ । ‘गाडी आत्मविश्वासका साथ फुल कन्ट्रोलमा चलाउन सक्छु,’ उनी दाबी गर्छन् ।
ह्वीयलचेयर दैनिकी
उनी हरेक दिन बिहान ४ देखि सवा ४ मा उठिसक्छन् । ओछ्यानबाटै टीभीको रिमोट थिच्छन् र अन्तर्राष्ट्रिय मिडियाहरू बीबीसी र सीएनएनका समाचार हेर्छन् । समाचारमा चाख नलागे उनको रोजाइ नेसनल जियोग्राफी वा डिस्कभरी च्यानल हुन्छ ।

करिब ७ बजेको हारहारीमा ल्यापटप खोलेर नेपाली अनलाइनहरूमा नजर ढुलाउँछन् । अनलाइन मिडियासँगै पछिल्लो समय उनको रोजाइ सोसल मिडियामा छ । पछिल्लो समय फेसबुकमा उनी सक्रिय छन् । बिहान भेट्न आएका आफन्तहरूलाई पनि समय दिन्छन् ।
पौने ९ बजे फेरि क्याथिराइजेसन गर्नुपर्छ । त्यसपछि पोसाक लगाउँछन् । ९ देखि साढे ९ बजे खाना (दाल, भात र तरकारी) खान्छन् । त्यसपछि घरमा नातिनातिना छन् भने खेल्छन् । केही समयको आरामपछि कार्यालयतर्फ निस्कछन् ।
अहिले उनी राष्ट्रिय सेवा दलका कायममुकायम निर्देशक छन्, कार्यालय समयमा आएपछि कार्यालयको काममा व्यस्त हुन्छन् । ‘भेटघाट र कतिपय मिटिङ हुन्छन् । कहिले–काहीं छोटा तर महत्त्वपूर्ण काम गर्नुपर्छ । नियमित काम र आगन्तुसँगको कुरामै समय बित्छ,’ क्षत्री सुनाउँछन् । दिउँसो साढे १ बजे खाजा खान्छन् । हलुका खालका खाजा तर कम खान्छन् । म:मजस्ता हेभी खालका खाना उनको शरीरलाई सुट गर्दैन ।
बेलुकी दिनभर भएका कामको पुनरावलोकन हुन्छ र त्यसबारे सच्याउनुपर्ने भए उनले निर्देशन दिन्छन् । कार्यालयको काम सकेपछि कुनै सोसल कार्यक्रम छ भने त्यहाँ गएर घर पुग्छन् । नत्र सिधै घर गएर बेलुकी खाना ७ देखि सवा ७ को बीचमा खाइसक्छन् र परिवारका सदस्यहरूसँग कुरा गर्छन् । साढे ७ देखि ८ बजेसम्ममा उनी सुतिसक्छन् । उनको यस्तो दैनिक विगत १३ वर्षदेखि निरन्तर चलिरहेको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयमा काम गर्दा होस् या अन्य विभागका रहँदा उनी ८ बजे भित्रमा सुतिसक्छन् । ‘केही सोध्नुपर्छ भने मलाई ८ बजे भित्रमै सोध्नु है,’ उनी भन्छन् । बिदाको दिनचाहिँ उनी कपाल काट्ने, नुहाउने र घरमा आउने आगन्तुकसँगको भेटमा व्यस्त हुन्छन् ।
दृढ र आत्मविश्वासी
टिचिङ हस्पिटलमा उपचार गराउने बेलै डा. भगवान कोइरालाले भाइ रतिन्द्रलाई भनेछन्, ‘हामीले तपाईंको दाइलाई बचाइदिएका छौं । तर, अब परिवारको साथ चाहिन्छ, चित्त नदुखाउनुहोला ।’ तर, रतिन्द्रको अनुभव भने फरक छ । उनी भन्छन्, ‘हामीले उनको साथ दिने होइन, उल्टै उनले पो हामीलाई साथ दिइरहेका छन् । उनीजस्तो आत्मबल जो कोहीको हुन सक्दैन ।’
उनको परिवारमा मात्र होइन, व्यावसायिक रूपमा पनि उनको दृढ र आत्मविश्वासी बानीले अघि बढ्न मद्दत पुगेको छ । त्यसो त शरीरको तल्लो भागै नचल्ने व्यक्ति यति लामो समयदेखि सैनिक अधिकारीका रूपमा कार्यरत छन् । घाइतेपछि नै उनले २ वटा बढुवा लिइसकेका छन् ।
सैनिक अधिकारीहरूकै भनाइमा क्षत्रीले जुन सैनिक एकाइको नेतृत्व सम्हालेका छन्, त्यो सफल पनि भएका छन् । उनले घाइते भएपछि सैनिक जनसम्पर्क निर्देशनालय, मनोवैज्ञानिक युद्ध कार्य निर्देशानलय हुँदै हाल राष्ट्रिय सेवा दलमा आइपुगेका छन् । यद्यपि उनको नेतृत्वमा कसैले प्रश्न उठाउन सकेको छैन ।

उनले आफूजस्ता र अन्य व्यक्तिलाई संगठनभित्र र बाहिर समय मिल्दा ‘मोटिभेसनल क्लास’ समेत दिने गरेका छन् । आफूलाई व्यस्त राख्नु र आफ्नो शरीरले गर्न सक्ने र क्षमताले भ्याएको काम गरिराख्न उनको सल्लाह सबैलाई हुन्छ । आफ्नो सेवाबाट अवकाश पाएपछि पनि यी ५७ वर्षीय जर्नेल मुलुकलाई आवश्यक पर्दा काम गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्छन् । अन्त्यमा उनी थप्छन्, ‘अ सोल्जर नेभर रिटायर्ड ।’
स्पाइनल कर्ड इन्ज्युरीका कारण शरीरका मुटुभन्दा तल्लो भाग नचल्ने भए । लम्बाइलाई आधार मान्ने हो भने उनको शरीरका तल्लो भागका ६५ प्रतिशतले काम गर्दैनन् । बाहिरबाट हेर्दा शारीरिक रूपमा उनी जति कमजोर देखिन्छन्, त्यसविपरीत भित्रबाट उत्तिकै बलिया/आँटिला छन् । उनका अनुभव, अध्ययन र बौद्धिक क्षमताले गर्दा त पहिलेभन्दा पनि छिटो र चलाखीपूर्वक दिमाग चलाउन सक्छन् । त्यो नै उनको जिन्दगीको सबैभन्दा ठूलो हतियार र शक्ति भएको छ ।
उनले लामो समय सेनाको महत्त्वपूर्ण एकाइका रूपमा रहेको सैनिक जनसम्पर्क निर्देशनालयमा निर्देशक र सैनिक प्रवक्ताका रूपमा काम गरे । उनले ‘कटवाल प्रकरण’ (२०६५ सालमा तत्कालीन पुष्पकमल दाहाल सरकारले तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई फाल्न चालेको कदम), तत्कालीन माओवादीको लडाकुलाई सेनामा समायोजन गर्ने, पाँचौं राष्ट्रिय खेलकुदमा माओवादीको पीएलए स्पोर्टस् क्लबलाई सामेल गर्ने तथा सेना र तत्कालीन सरकारको नेतृत्व गरेको माओवादीबीचको खटपटलगायतमा आफ्नो जिम्मेवारी सफलताका साथ पूरा गरे । कटवालले उनलाई २०६३ फागुन ४ मा प्रवक्तामा नियुक्त गरेका थिए ।
सेनापतिहरू कटवाल, छत्रमानसिंह गुरुङ हुँदै गौरवशमशेर राणाको सुरुवातिकाल (२०६९ असोज ११) सम्म क्षत्री सबैभन्दा लामो समय सैनिक प्रवक्ताको जिम्मेवारीमा रहे । र, सेनाका हालसम्मका सबैभन्दा प्रभावकारी र उत्कृष्ट प्रवक्ताका रूपमा जिम्मेवारी पूरा गरे ।
परिवार र पेसामा मात्र उनी सीमित रहेनन् । २०७० मा त्रिभुवन विश्वविद्यालयबाट नागरिक–सैन्य सम्बन्धमा उनले विद्यावारिधिसमेत गरेका छन् । क्षत्री भन्छन्, ‘जुन कुरामा चुनौती र दबाब हुँदैन, त्यो गर्नुको के मज्जा । आफ्नो मुलुक र संगठनलाई जतिबेला आवश्यक पर्छ, त्यो बेला काम गरेर देखाउने हो ।’

उनको यो दृढ निश्चयमा पारिवारिक पृष्ठभूमिले पनि काम गरेको छ । क्षत्री परिवार सैनिक पृष्ठभूमिका हुन् । उनका बाबु कर्णेल गोपालबहादुर खत्रीले लामो समय राजा महेन्द्रका एडीसीका रूपमा काम गरे । उनका ४ भाइमध्ये रमिन्द्र जेठा हुन् । माइलो राजेन्द्र क्षत्री हुन्, उनी अहिले नेपाली सेनाको प्रधानसेनापति छन् । साइँला रतिन्द्रले महासेनानीबाट अवकाश पाइसके । कान्छा रवीन्द्रले भने सेनाबाहिरको क्षेत्र रोजे । यद्यपि बाबु गोपाललाई आफ्ना छोराहरू सेनामा भन्दा डाक्टर र इन्जिनियर भएको हेर्न चाहन्थें ।
बन्देजमा रहरहरू
रमिन्द्र क्षत्री ‘भर्सटाइल पर्सनालिटी’ का थिए । उनीले के खेलेनन्, फुटबल, भलिबल, बास्केटबल, टेबलटेनिस, लनटेनिस र ब्याडमिन्टन खेल्थे । जुन अहिले हेरेरै चित्त बुझाउन बाध्य छन् ।
फुटबलमा उनलाई ब्राजिलका लेडेन्ज पेलेदेखि अर्जेन्टिनी डिएगो म्याराडोनासम्म मन पर्छ ।

भन्छन्, ‘अहिलेका स्ट्राइकरहरू मेसी, रोनाल्डो, सुवारेज पनि मेरा फेभरेट हुन् ।’ स्ट्राइकर नै उनलाई मन पर्नुको कारण पनि विशेष छ । ‘जति ज्यान फालेर खेले पनि अन्त्यमा गोल नभई हुँदैन,’ यो उनको काम गर्ने तरिकासँग पनि मिल्ने कुरा हुन् ।
फुटबलका ठूला प्रतियोगिताहरू हुन् या लनटेनिसका ग्रान्डस्लाम उनका हातका औंला स्पोर्टस् च्यानलमा पुगिहाल्छन् । टेनिसमा पिटर साम्प्रसदेखि रोजगर फेडेररसम्म मन पराउँछन् । क्रिकेट हेर्न थालेको चाहिँ धेरै भएको छैन । ‘त्यसमा पनि ट्वान्टी–२० को अन्तिम केही समय हेर्छु,’ उनले सुनाए ।

घुम्न मन पराउने क्षत्रीले नेपालका धेरै ठाउँमा घुमेका पनि छन् । आजकल पनि उनी घुम्न मन पराउँछन् । तर, शरीरले साथ दिएको स्थानमा मात्र जान सक्छन् । ‘कोलाहल सहरी क्षेत्रबाट बाहिर गएर बस्न मन पराउँछु । त्यसैले नवलपरासीका गाउँका शान्त वातावरणमा पनि जान्छु,’ उनले भने ।
दाल, भात र तरकारीबाहेक पहिले उनको रोजाइमा म:म र सेकुवाजस्ता स्वादिलो परिकार पनि पथ्र्यो । ‘सेकुवा त अरूले एक प्लेट मगाए भने म दुई प्लेट खाइदिन्थें,’ उनले भने, ‘तर, यी सबै रहरमा सीमित छन्, शरीरले दिँदैन ।’
तस्बिरहरू : प्रताप थापा/कान्तिपुर
भिडियो : प्रताप थापा र सौजन्य नेपाली सेना

प्रकाशित: मंसिर ३, २०७३

http://bit.ly/2fCn87d