‘पुरानो डुंगा’ यूके आउँदै

15184089_1203197026369576_815844588_o
लन्डन । शुक्रबार २४ नोभेम्बरदेखि नेपालमा देशव्यापी प्रदर्शन भये को  चलचित्र ‘पुरानो डुंगा’ आगामी महिना बेलायत समेत आउने भएको छ । यसअघि दश भन्दा बढि सिनेवर्ल्ड हलमा सफलतापूर्वक ‘गाजलु’ 
प्रदर्शन गरेको इन्टरनेशनल नेपलिज फिल्म एकेडेमी (इन्फा यूके) ले 
‘पुरानो डुंगा’ बेलायत ल्याउन लागेको हो । डिसेम्बरमा ल्याउने तयारी भएपनि फिल्म प्रदर्शन हुने स्थान र मिति भने तय हुन बांकी छ । फिल्म प्रदर्शनका क्रममा उक्त फिल्मका मुख्य पात्रहरु नायक नायिका दयाहाङ राई र प्रियंका कार्की एवं निर्देशक रामबाबु गुरुङ समेत 
सहभागी हुने इन्फा यूकेका प्रशान्त थापाले जानकारी दिए । प्रियंका र दयाहाङ आवद्ध फिल्म ‘हयाप्पी डेज’ को यतिखेर बेलायतमै छायांकन भएकाले कलाकारहरु त्यही क्रममा प्रदर्शनमा समेत सहभागी हुनेछन् । फिल्म शो केबल मनोरन्जनका लागि मात्र नभएर नेपाली कला, 
संस्कृतिको संरक्षण र संवर्धन गर्नु पनि रहेको थापाले जनाए । उनले बेलायतवासी नेपालीलाई फिल्म हेरिदिएर यसको प्रवर्धन गर्न पनि आग्रह गरेका छन् ।

फिल्म हेर्न नायक दयाहाङको यस्तो अनुरोध छः






 Source: इन्फा/wenepali यूके

Share this

Related Posts

Previous
Next Post »

Love at First Sight