सुरक्षा सतर्कता आवश्यक

माकुराको जालोजस्तो जेलिएको भू राजनीतिमा नेपाल फसेको संघीयता यतिखेर घाँटीमा अड्केको माछाको काँडाजस्तै भएको संघीयता जातीयताको नाराले बिस्तारै जारी भइसकेको संविधानलाई चुनौती दिइरहेको कतै यो संविधान यही कारणबाट असफल हुँदैन भन्ने शंका सामान्य जनताकोसमेत चिन्ताको विषय बनेको बढ्दै गएको भ्रस्टाचार दण्डहीनता, विश्वास गुमाउँदै गएका राजनीतिक दलहरूको एकपछि अर्को क्रियाकलापबाट  राष्ट्रिय स्वाधीनतामा धक्का परिरहेको सुरक्षा चुनौती थपिएको क्षणिक स्वार्थ आफ्नो दलको फाइदाका लागि क्षेत्रीयता जातीयताको नारा बोकेका केही दल तिनका भातृसंगठनका क्रियाकलापको आर्थिक स्रोत विदेशी दूतावास बनिरहेका छन् अस्थिरताको खेलमा कूटनीतिक मर्यादाविपरीत केही विदेशी राजदूतले सामाजिक संजालदेखि बन्द कोठाको मिटिङसम्म चलाउन भ्याइसके तर, नेपाल सरकार मुकदर्शक बनिरहेको Pasted Image 0.jpeg

जनताको असन्तुष्टिले बिस्तारै नयाँरूप लिँदैगएको देखिन्छ सोचविचार नगरी गरेका निर्णय लामो समय टिक्लान् जस्तो देखिँदैन प्रदेश सीमांकन असन्तुष्टिको पीडा केही दिन पहिले स्वःस्फूर्त रूपमा बुटवलमा निस्केको नागरिकको विशाल जनसागरमा भेटिन्छ सीमित केही नेताले विदेशीको इसारामा गर्ने सबै निर्णय जनभावनाअनुसार छन् भनेर प्रचार गर्नु गलत हो हामीले खोजेको अखण्ड नेपाल हो दलहरूले बेलैमा विचार गर्न नसके मुलुकले अर्को दुर्घटना भोग्नु पर्नेछ मुलुकको स्वाधीनताको रक्षाका लागि हरेक नेपालीले सोच्ने बेला भएको राजनीतिक दल नेताले नेपाल भन्ने देश बनाएको होइन यो हाम्रो पुर्खाले रगत बगाएर जोगाएको मुलुक हो तसर्थ, राजनीतिक दलका सबै निर्णय जनताले मान्नै पर्छ भन्नेछैन

 

देशको परिस्थितिलाई नेपाली सेनालगायत अन्य सुरक्षा निकायले नजिकबाट सूक्ष्म अध्ययन गर्नु, सुरक्षा चुनौतीका बारेमा विश्लेषण गर्नु सरकारलाई उत्पन्न चुनौती रिपोर्ट गर्नु नियमित प्रक्रिया नै हो तर, पछिल्लो सुरक्षा स्थिति अलि चुनौतीपूर्ण देखिन्छ सुरक्षा संगठनहरूले बेलाबेलामा दिँदै गरेको जनाउ घन्टीलाई दलहरूले खासै बुझेजस्तो देखिँदैन संविधान संशोधन प्रादेशिक सीमांकन विरुद्ध उर्लिँदै गएको जनसागरभित्र घुसपैठ गरेर हिंसात्मक घटना गराउने तत्त्व क्रियाशील हुन् सक्छ यसैले सुरक्षा संगठनलाई उच्च सतर्कतामा राख्नु जरुरी

 

यही मंसिर गते नेपाली सेनाको मुख्यालयमा सेनाको विभाग, कार्यालय, निर्देशनालय, महानिर्देशनालय तथा पृतनापतिले आआफ्नो क्षेत्रको वस्तुस्थिति मुलुकको पछिल्लो परिस्थिति प्रस्तुत गरेका थिए   देशको पछिल्लो घटनाक्रम लाई मूल्याङ्कन गर्दै प्रधानसेनापतिले विद्यमान परिस्थितिको मूल्याङ्कन भविष्यमा आउनसक्ने सुरक्षा चुनौतीसँग सामना गर्नअप्रेसन रेडिनेसतथा तालिम बन्दोबस्ती पक्षमा तयारी रहन रथीवृन्द तथा पृतनापतिहरूलाई निर्देशन दिएको खबर बाहिर आयो सेनाको अत्यन्त महत्त्वपूर्ण मानिने यस्तो बैठकमा सेनापतिको निर्देशन देशमा विकसित हुँदैगएको घटनाक्रमबाट टाढा पक्कै छैन सायद, बिग्रँदै गएको असन्तुलित राजनीतिबाट राष्ट्रिय सुरक्षा देशको अखण्डतामा परेको गम्भीर असरको जनाउ घन्टी सेनाले बजाएको हो

राजनीतिक दलले सेनाको पछिल्लो अभिव्यक्तिलाई कसरी बुझे अथवा,  त्यसलाई राम्रोसँग बुझेनन् भन्ने भोलिका दिनमा थाहा होला    तर, सेनाको यस्तो भनाइ पहिलोचोटि आएको भने होइन सेनाले पटकपटक मुलुक विखण्डन गराउन खोज्ने अभिव्यक्ति दिनेहरूलाई कूटनीतिक भाषामा चेतावनी दिइआएको प्रधान सेनापति राजेन्द्र क्षेत्रीले ११ साउन २०७३ मा एउटा कार्यक्रममा गएको बेलामुलुकको पछिल्लो राजनितिक घटनाक्रमलाई नेपाली सेनाले सूक्ष्म तरिकाबाट नियालिरहेको राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न भएमा जुनसुकै खाले चुनौतीको सामना गर्न सेना तयारी हालतमा रहेकोभन्ने अभिव्यक्ति दिएका थिए सेनापतिको उक्त कथन प्रधानमन्त्री पलबाट केपी ओलीले राजीनामा गरेको भोलिपल्ट आएको थियो धैरैले सेनापतिको भनाइ नयाँ बन्न लागेको सरकार माओवादीप्रति लक्षित रहेको आकलन गरे कतिपयले कटुवाल प्रकरणबाट सेना खासगरी माओवादीसँग सशंकित रहेको बुझे तर, त्यो भनाइको अर्थ त्यत्तिमा सीमित देखिँदैन वास्तवमा सेनाको बोलीले समग्ररूपमा बिग्रँदै गएको देशको राष्ट्रिय राजनीतिको ध्रुवीकरण त्यसबाट राष्ट्रिय सुरक्षामा परेको गम्भीर असरको संकेत गरेको  थियो

नागरिकबाट निर्वाचित सरकारको निर्देशन देशको संविधानले तोकेको जिम्मेवारी बहन गर्दै मुलुकको रक्षा गर्नु नेपाली सेनाको कर्तव्य हो तर, सरकारमा बसेकाहरूले गलत क्रियाकलापबाट राष्ट्रिय अखण्डता जनतामाथि गम्भीर असर पुग्न खोजेमा त्यसलाई चाहे कूटनीतिक रूपमा होस् वा फौजी रूपकाउन्टरदिएर देशको रक्षा गर्नु सेनाको मुख्य धर्म हो नेपाल नेपाली जनता रहेमात्र नेपाली सेना रहन्छ यो कुरा सेना जनता दुवैले राम्रोसँग बुझेका छन्

 

शान्ति सम्झौतापछि नेपाली सेनालाई कमजोर बनाउन माओवादीले विभिन्न तवरबाट पटकपटक प्रहार गरेको सर्वविदितै उदाहरणका रूपमा सेनापति हटाउने प्रकरण आठ जना जर्नेलको म्याद नथप्ने निर्णयलाई लिन सकिन्छ विसं २०६२/६३ को जनआन्दोलनबाट खुला राजनीतिमा आएका पुष्पकमल दाहाल नेपालको ३३ औं प्रधानमन्त्री  बन्नपुगेका बेला नेपाली सेनाको प्रधान सेनापति हटाउने निर्णय गरे सेनापति हटाएर राज्यको सबै शक्ति  चुट्कीका भरमा चलाएर राष्ट्रिय राजनीतीको केन्द्रमा बसेर राज गर्ने उनको सपना २०६६ वैशाख २१ गतेको राजीनामामा पुगेर टुट्यो अन्ततः सेनापति हैन दाहाल प्रधानमन्त्रीको कुर्सीबाट हटे समग्र मुलुकको राजनीतिककोर्सनै फेरिन पुगेको थियो त्यसबाट जनसाधारणमा दाहालको सेनालाई हेर्ने नजर शंकापूर्ण हुनसक्ने छाप पर्न गयो

 

संविधान संशोधन, कार्यान्वयन निर्वाचन

नयाँ संविधानअनुसार २०७४ सालको माघसम्ममा सरकारले संसद, प्रान्त स्थानीय तहको चुनाव सम्पन्न गरिसक्नु पर्छ असतुष्ट पक्षलाई बुझाउन संविधान संशोधनको चुनौती सजिलो छैन संशोधन प्रस्तावको विरोधमा विशाल प्रदर्शन बन्द हड्ताल हुन थालेको साता दिन पुग्न लागेकोछ यता संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा संविधान संशोधन प्रस्तावप्रति सन्तुष्ट हुनसकेको देखिँदैन थारुहरूले आफ्नो मागको सम्बोधन यस संशोधनबाट नहुने बताइसके प्रमुख विपक्षी दल संविधान संशोधनकै विषयमा शक्ति प्रर्दशनतिर लागेको देखिन्छ यसबाट फेरि अप्रिय घटना हुनसक्छ यस्तो बेलामा सुरक्षा निकायले एकीकृत रिपोर्ट तयार पारी सुरक्षा रणनीति बनाएर तयारी हालतमा बस्नुपर्ने हुन्छ

गत वर्ष भदौमा कैलालीको टीकापुरमा भएको दुःखद त्घटनाबाट सबैले पाठ सिक्नुपर्छ मुलुक संविधान जारी गर्न लागेका बेला तराईमा  देखिँदैगएको राजनीतिक असन्तुष्टि, जातीय क्षेत्रीय पार्टीको गतिविधि राम्रोसँग निगरानी राखेर सुरक्षाको उचित प्रबन्ध अपनाउन नसक्दा आन्दोलनमा उत्रेका प्रदर्शनकारीले वितण्डा मच्चाए नौ जनाको ज्यान गयो  

 

आन्तरिक सुरक्षा चुनौती

भूमिगत सङ्गठन, सङ्गठित हुँदैगएका केही पूर्व माओवादी लडाकुको समूह तिनका हतियार, क्षेत्रीयता जातीयताको नारा बोकेका विभिन्न सङ्गठन, हतियार विस्फोटक पदार्थको अवैध ओसारपसार, अव्यवस्थित सीमा सुरक्षा संविधान संशोधनको पक्षविपक्षमा क्रियाशील राजनीतिक दलको शक्ति प्रर्दशन आन्तरिक सुरक्षामा देखापरेका पछिल्ला चुनौती हुन्

विभिन्न राजनीतिक माग राखेर केही भूमिगत सङ्गठन बेलाबेला देखापरिरहेका छन् खासगरी यस्ता समूहको कतिपय उद्देश्य सामान्य जनतामा डर, त्रास उत्पन्न गरेर अपहरण, फिरौती, चन्दा असुली तथा लुटपाट रहेको देखिन्छ उदाहरणका रूपमा गएको असोज गते राजधानीका विभिन्न विद्यालयमा पड्काइएको बमको शृङखलालाई लिन सकिन्छ   कमजोर सीमा सुरक्षा खुल्ला सिमानाको फाइदा उठाउँदै विभिन्न समूहले साना हतियार विस्फोटक पदार्थ सजिलै भित्र्याउने गरेका छन्

 आन्तरिक सुरक्षामा शान्ति तथा अमनचयन कायम राख्न गृह मन्त्रालय मुख्य भूमिकामा रहेको हुन्छ गृह मन्त्रालय अन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी राष्ट्रिय अनुसन्धान विभाग छन् तिनको मुख्य भूमिका शान्तिकालीन समयमा आन्तरिक शान्ति सुरक्षा प्रभावकारी बनाउनु युद्धको समयमा नेपाली सेनालाई सहयोग गर्नु हो तर, यतिखेर राजनीतिक स्वार्थ आफ्नो मान्छेका लागि समयावधि पूरा नहुँलै नेपाल प्रहरीको प्रहरी महानिरीक्षक परिवर्तन गर्न खोज्नु, नेपाल प्रहरी सशस्त्र प्रहरीको कार्यक्षेत्रमा बेलाबेला विवाद हुनु, राष्ट्रिय अनुसन्धान विभागलाई आधुनिकीकरण नगर्दा बाह्य गुप्तचरी निष्क्रिय हुनु सुरक्षाका गम्भीर त्रुटि हुन् यसलाई सम्बन्धित पक्षले बेलैमा बुझ्न नसके भोलिको दिनमा असामान्य परिस्थिती देखा पर्नसक्छ त्यसको कारणले आन्तरिक शान्ति सुरक्षामा खलल पुग्न सक्नेछ  

 

बाह्य सुरक्षा चुनौती

नेपालमा बाह्य सुरक्षा चुनौती देखा पर्नुको मूल कारण देशको कूटनीतिक शक्ति, आर्थिक शक्ति, राजनीतिक शक्ति कमजोर हुनु हो   दोस्रो विश्वयुद्धकालीन समय तिर बाह्य सुरक्षा चुनौती सैन्य क्षमताबाट एक देशले अर्को देशमाथि गर्न सक्ने हमला थियो तर आज विश्व  भूराजनीति बदलिएको आज शक्तिशाली देशले विभिन्न कूटनीतिक माध्यम, गैरसरकारीसंस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत् राजनीतिक अस्थिरता उत्पन्न गरेर, भाषा, संस्कृति राष्ट्रिय विभूतिमाथि प्रहार गरेर अर्को देशलाई कमजोर पार्छन्

अस्थिर राजनीति, प्रलोभन प्रभावमा पारेर धर्म परिवर्तन, धर्म परिवर्तनका लागि पश्चिमाको बढ्दो लगानी, चीनविरुद्ध खेल्न नेपाल केन्द्रित भएका केही आईएनजीओ जासुसी संथाका एजेन्ट, नेपाल विखण्डनको कुरा गरेर हिँड्नेहरूलाई कूटनीतिक मर्यादाविपरीत सहयोग गरी हिँड्ने केही विदेशी कूटनीतिक व्यक्ति तथा  बढ्दै गएको भूराजनीतिक तनाव नै नेपालको बाह्य सुरक्षा चुनौतीका प्रमुख विषय हुन्

बाह्य सुरक्षाको प्रमुख कारण नै अस्थिर राजनीति दलहरूले बोकेका केही विदेशी स्वार्थका विषय हुन् हाम्रो राजनीतिक नेतृत्त्वले देशभित्रको आन्तरिक कलह को सम्झौता तथा मेलमिलाप विदेशी भूमिमा गर्ने गम्भीर गल्तीले एकपछि अर्को विदेशी जालमा फसिरहेका छौँ समस्या नेपालभित्र तर समाधान विदेशी दूतावासको सहयोगमा खोज्ने नेताले भोलिको नेपालको अस्तित्वमाथि पर्ने असरप्रति ध्यान दिनसकेका छैनन्

दुई विशाल छिमेकी छन् तर नेपालको राजनीतिक दलले खेल्न नसक्ने तटस्थ भूमिकाले दुवै छिमेकी चिढिनसक्ने सम्भावना नेताहरूभन्ने बेलामा चीन भारतको गतिशील पुल बनेर आर्थिक समुन्नतिको पक्षमा नेपालले प्रगति गर्नसक्ने कुरा गर्छन् तर उचित अध्ययन अनुसन्धानविना नेपालले कसरी आफ्नो राष्ट्रिय स्वार्थलाई बलियो गर्न सक्छ भन्नेमा भने कसैको ध्यान पुगेको देखिँदैन      

 


Source:बाह्रखरी


Share this

Related Posts

Previous
Next Post »

Love at First Sight