नेपालमा सभा सम्मेलन गरेर मजदुर दिवस मनाइरहँदा वास्तविक मजदुरहरुलाई भने दिवसले छुन सकेको छैन् । सिमित मजदुर र कर्मचारीहरु बाहेक अन्य सबै मजदुरहरु आज पनि काममा व्यस्त रहेका छन् । दिनभरी काम नगरे बेलुका खान नपाउनेहरुलाई मजदुर दिवससँग कुनै सरोकार नभएको मजदुरहरुले बताएका छन् । मजदुर दिवस वास्तविक मजदुरका लागि नभएर मजदुरका नाममा राजनीति गर्नेहरुका लागि र सरकारी कर्मचारीहरुलाई मात्र भएको उनीहरुको दुखेसो थियो ।
हरेक वर्ष करिब साढे ४ लाख युवा श्रम बजारमा प्रवेश गर्छन् । चालू आर्थिक वर्षमा वैदेशिक रोजगारमा जानेहरूको संख्याले पनि ४ लाख छुने देखिएको छ । करिब ६० हजार युवाले श्रम विभागमै पुगेर आफू बेरोजगार भएको विवरण टिपाइसकेका छन् ।sc-nk